☰ open

बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न मिल्ने

२०८० मंसिर ११, सोमबार १२:०२
मिडियाखबर

काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न मिल्ने प्रविधि सन्चालनमा आएको छ । ‘ट्राफिक व्यवस्थापनका लागि काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको हो ।

अब बाटो काट्न पैदल यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँको लागतमा यो प्रविधि जडान गरिएको  काठमाडौं महानगरले जनाएको छ ।पैदलयात्रीले लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने छ ।

एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।त्यसपछि भने दुई मिनेट कुर्नुपर्ने छ । एक पटक बत्ती बलिसकेपछि २ मिनेटसम्म बत्ती बल्ने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights