☰ open

बलात्कारपछि किशोरीको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान

२०८० मंसिर १२, मंगलवार १०:२४
मिडियाखबर

बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी १५ वर्षीया मनिषा रुचालको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका २३ वर्षीय रहिस खाँ कारागार चलान भएका हुन् । उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक हुन् ।

मनिषा कात्तिक १६ गते खेतालालाई सुर्ती लिन गएकी थिइन् । तर साँझसम्म उनी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान हुग्दी खोला किनारमा मनिषाको शव नग्न अवस्थामा फेला परेको थियो ।

मनिषाको बलात्कारपछि हत्या गरेको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते नै पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

किशोरीको आमाका अनुसार मनिषा खेतमा धान झाट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन् ।

कारागार चलान भएका खाँ पाँच महिनादेखि शिक्षण पेसाका लागि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights