☰ open

नरसेवा नारायण सेवा नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै

३ वर्ष
मिडियाखबर

‘नरसेवा नारायण सेवा’ नामक संस्थाले निःशुल्क बिरामीका कुरुवाहरुलाई खाना वितरण गर्दै आएको हो। कोशी अस्पताल विराटनगरमा उपचारत बिरामीका कुरुवालाई निःशुल्क खाना उपलब्ध गराइदै आएको हो ।

असोज २८ गते घटस्थापनाको दिनदेखि अस्पताल भित्र निःशुल्क खाना तथा खाजा वितरण गर्दै आएको उक्त संस्थाले जनाएको छ। दैनिकी रुपमा खाना वितरण गर्दा ११ हजार रुपैयाँ खर्च हुने संस्थाका अध्यक्ष देवकीनन्दन अग्रवालले बताए ।

खाना वितरण कार्यलाई निरन्तरता दिनुका साथै कम्तीमा पनि १२ महिनासम्म यो कार्यक्रम चल्ने अग्रवालको दाबी छ । महिनाको १६ दिन जति सहयोगी दाताहरुले नै रकम सहयोग गर्ने गरेको संस्थाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया