☰ open

नेपालमा बढ्दो चुनौतीबीच एनसेलबाट आजियाटा समूहले बाहिरिने घोषणा गरे

२०८० मंसिर १३, बुधबार १५:४१
मिडियाखबर

व्यावसायिक चुनौती बढेको भन्दै एनसेलबाट आजियाटा समूहले बाहिरिने घोषणा गरेको छ।   आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालमा बढ्दो चुनौतीबीच संचालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्। एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्नेसमेत निर्णय भएको प्रतिक्रिया दिएका छन्।

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।

एनसेलको व्यापार लगातार खुम्चिंदै गएपछि आजियाटा नेपाल छोड्ने अवस्थामा पुगेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights