☰ open

श्रीमतीलाई हत्या गरी फरार रहेको भारतबाट पक्राउ

२०८० मंसिर १३, बुधबार १६:०३
मिडियाखबर

आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका ४० वर्षिय देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

गत विहिवार ७ गते श्रीमती ३० वर्षीया संजिता कुमारी यादवलाई हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई इँटा र बाँसको भाटाले मरणासन्न हुने गरी कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोलि थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights