☰ open

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा

२०८० मंसिर १५, शुक्रबार १०:०८
मिडियाखबर

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज दिपालयको सिलगढीमा सभा हुँदै छ । अभियानको दोस्रो दिन एमालेले सिलगढीमा सभा गर्ने पूर्वनिर्धारित कार्ययोजना छ ।

बिहीबार वैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको उद्घाटन गरेका थिए । पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गरिएको थियो ।

तेस्रो दिनको सभा मंगलसेनमा हुने एमालेले जनाएको छ ।

एमालेले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रा सुरु गरेको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ ।

एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights