☰ open

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गिरोहका नाइके पक्राउ

२०८० मंसिर १८, सोमबार १४:२९
मिडियाखबर

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यकाका विभिन्न स्थानहरूबाट सामाजिक सञ्जाल प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने दुई जना नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले यौन व्यवसाय सञ्चालन गर्दै आएका दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेहरू काभ्रेपलान्चोकको भुमलु गाउँपालिका–४ घर भइ हाल काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका–१४ घर भइ हाल कलंकी बस्ने २७ वर्षीय सुरजकुमार खड्का रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights