☰ open

अवैध रुपमा ल्याएको सुनसहित एक भारतीय नागरिक पक्राउ

२०८० मंसिर १८, सोमबार १४:३६
मिडियाखबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ल्याएको सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ विमानस्थल प्रहरीले ४ सय ७२ ग्राम सुनसहित ३९ वर्षीय भारतीय नागरिक सेहजाद खानलाई पक्राउ गरेको हो।

बुद्ध एयरको विमानद्वारा नेपालगञ्‍ज जान लागेका उनलाई जाँच गर्ने क्रममा कार्डबोर्ड पेपरभित्र ३ सय ९ ग्राम र लगेजको पाङ्ग्राभित्र फल्स बटम बनाई लेपन लगाइएको १ सय ६३ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो।

थप अनुसन्धान तथा कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights