☰ open

समानुपातिक र समावेशी विकासको अवधारणा स्थापित हुन बाँकी नै रहेको , सभापति देउवा

२०८० मंसिर १९, मंगलवार १८:२१
media khavar

काठमाडौँ — मंगलबार ओखलढुंगामा कांग्रेसको जिल्ला सम्मेलन तथा बीपी स्मृति भवन उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेता कार्यकर्ता एकजुट भएर काम गरेमा कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने बताएका छन् । उनले मुलुक संघीयतामा गइसकेपछि पनि समानुपातिक र समावेशी विकासको अवधारणा स्थापित हुन बाँकी नै रहेको बताए ।

अहिले देश संघीयतामा गइसकेको छ । हाम्रो देशको विकास जसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी हुन सकेको छैन । त्यसकारण संघीयताले सबैको चाहना र भावनाबमोजिमको विकास गर्न सकेको छैन,’ सभापति देउवाले अघि भने, ‘हामी आदिबासी जनजाति, महिला सबैले चाहेकोजस्तो विकास गराउन प्रयास गरिरहेका छौँ । सबैको साझा अपनत्वसहितको देश निर्माण र विकास गर्न हामीले काम गर्नै बाँकी छ । तर अहिले हाम्रो पार्टीको मात्रै सरकार बन्ने अवस्था छैन । अहिलेको संविधानमा अहिलेनै एउटै पार्टीले मात्रै बहुमतको सरकार बनाउने अवस्था छैन । तैपनि हामी कांग्रेसमा सबै जना एकजुट भयौँ भने भोलि पार्टीले एकल बहुमत ल्याएर अझ कांग्रेसले जनताले चाहेका कुराहरू गर्न सक्नेछ ।’

उनले ओखलढुंगा नेपालको राजनीतिक इतिहासमा समेत ऐतिहासिक जिल्ला भएको उल्लेख गरे । सभापति देउवाले जिल्लामा पार्टीको आफ्नै भवन बनाउन सकेको भन्दै नेता कार्यकर्ताहरूलाई बधाई र धन्यवादसमेत दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights