☰ open

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

२०८० मंसिर २०, बुधबार १०:०२
मिडियाखबर

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मंगलबार अस्पताल भर्ना भएका छन् । उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जिओप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights