☰ open

सुन तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापामा मारेर १ जना पक्राउ

२०८० मंसिर २०, बुधबार ११:२१
मिडियाखबर

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलाली घर भएका ४१ वर्षीय पदम प्रसाद पाण्डे छन्।

पाण्डेले न्यूरोडमा सुन पसल चलाउनुका साथै अवैध सुन गाल्ने कारखाना समेत सञ्चालन गरेको पाइएकोले पक्राउ  गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

प्रहरीले सुन पनि बरामद गरेको छ। सुनको परिणामबारे भने प्रहरीले अहिले केही सार्वजनिक गरेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights