☰ open

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक मंसिर २५ गते बोलाएका छन् ।

२०८० मंसिर २०, बुधबार १८:००
media khavar

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । अध्यक्ष यादवले मंसिर २५ गते सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी बैठक आह्वान भएको बताए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयहरुसँगै राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । साथै, पार्टीको तीन महिने अभियानको समीक्षासमेत गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights