☰ open

प्रधानमन्त्री का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिए

२०८० मंसिर २५, सोमबार १२:४२
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। गजुरेलले राजीनामा दिए पनि प्रधानमन्त्रीले भने स्वीकृत गरेका छैनन्। आफूले २० गते नै राजीनामा बुभाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए। २० गते राजीनामा दिएको हुँ, तर, स्वीकृत भएको छैन,’ गजुरेलले भने।

यद्यपि राजीनामा दिने कारणबारे उनले खुलाएनन्। राजीनामा स्वीकृत भइसकेपछि मात्रै कारणबारे प्रष्टपार्ने गजुरेलले बताएका छन्। नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले गत वर्ष माघ ९ गते आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए। प्रमुख राजनीतिक सल्लाहकार भए पनि गजुरेल नेतृत्वसँग सन्तुष्ट नरहेको बताइएको छ। गत आम निर्वाचनमा उनी सिन्धुलीबाट टिकट लिएर चुनाव लड्न चाहेका थिए। तर, पार्टीबाट टिकट नपाएपछि उनी असन्तुष्ट बनेका थिए।

सिन्धुली २ बाट निरन्तर चुनाव जित्दै आएका गजुरेललाई गत चुनावमा टिकट नदिएर माओवादी नेतृत्वले जिल्ला अध्यक्ष राजन दाहाललाई अघि सारेको थियो। प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेर प्रधानमन्त्री प्रचण्डले उनलाई फकाउने प्रयास गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights