☰ open

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव भोलीदेखि सुरु

२०८० मंसिर २५, सोमबार १५:०२
मिडियाखबर

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव भोलीदेखि सुरु हुन लागेको हो । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको हो।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्। र यसमा आउनेहरुको संख्यामा दिनानुदिन बढोत्तरी हुँदै गएको छ।

प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ। मंसिर २६ गतेदेखि सुरु हुने सप्ताहव्यापी कार्यक्रम पुस २ गते राम कलेवा गरी सम्पन्न हुन्छ।

एक हप्ता सम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर २६ गते मंगलवार जनकपुरधाम नगर दर्शनबाट सुरु हुन्छ। नगर दर्शन जानकी मन्दिरको प्रांगणमा मनाइन्छ। त्यस्तै दोस्रो दिन फूलवारी लिला मनाइन्छ जुन विवाह मण्डपको पार्कमा आयोजना हुने जानकी मन्दिरले जनाएको छ ।

त्यस्तै तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा हुन्छ। जसमा जनतीको रुपमा आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ। र विधिवत रुपमा एक हप्तासम्म चल्ने विवाहपञ्चमी सम्पन्न हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights