☰ open

धनगढीबाट झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ

२०८० मंसिर २५, सोमबार १५:१९
मिडियाखबर

धनगढीबाट झण्डै ३ किलो चरेशसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका ३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।

खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights