☰ open

संसदलाई प्रभावकारी बनाउनुपर्ने, सभामुख

२०८० मंसिर २५, सोमबार १७:४२
media khavar

२५ मंसिर, काठमाडौं । संसद सर्वोच्च विधायकी संस्था भएकोले यसलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने  सभामुख देवराज घिमिरेले बताएका छन् ।

सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायकी संस्था हो संसद । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तरक्रियाको सुरूवात हो ।’

उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए ।  उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights