☰ open

ललितपुरको झम्सीखेलमा गोली चले

२०८० मंसिर २६, मंगलवार १३:४७
मिडियाखबर

ललितपुरको झम्सीखेलमा गोली चलेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले गोली चलाएको हो ।

ललितपुर महानगरपालिका–३ ठाडोढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन् ।

राईको दाहिने खुट्टामा गोली लागेको छ । उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषध पनि बरामद गरेको एसपी रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights