☰ open

नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा दूरसञ्चार प्रदायक कम्पनीको अनुमति खारेज

२०८० मंसिर २८, बिहीबार ११:१३
मिडियाखबर

नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा दूरसञ्चार प्रदायक कम्पनीको अनुमति खारेज गरेको छ।

नवीकरणकाका लागि तोकिएको समयभित्र नवीकरणका लागि निवेदन नदिने तीनवटा दूरसञ्चार प्रदायक कम्पनीहरूको अनुमति प्राधिकरणले खारेज गरेको हो।

इन्टरनेट (इ–मेलसहित) को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ।

ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयभित्र नवीकरणवापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights