☰ open

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरू

२०८० मंसिर २८, बिहीबार ११:१८
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरू हुँदैछ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो। सातै प्रदेसको एकएक वडाबाट वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन्।

उनले सातै प्रदेसमा वडा अधिवेशन आजै सकिने बताएका छन्। ‘निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरू गर्ने निर्णय गरेका थियौं। औपचारिक रूपमा अधिवेशन आजदेखि सुरू भएको छ,’ उनले भने।

परियारले निरन्तररूपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेस अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाइएको बताए।

रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ।

सातै प्रदेसका ती वडामा रास्वापका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्।

संगठन विभागका सचिव शंकर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताएका छन्।

रास्वपाले ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेको छ। त्यस्तै चार जनामध्ये एक जना अनिवार्यरूपमा दलित महिला र ६ जना ४५ वर्षमुनिका युवा हुनुपर्ने रास्वापाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights