☰ open

एनसेल खरिदबिक्रीमा दोषी पाइए हदैसम्म कारबाही हुन्छ :  प्रधानमन्त्री

२०८० पुष ३, मंगलवार १४:३०
मिडियाखबर

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको सेयर खरिदबिक्री अस्वभाविक रहेको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले एनसेलको वैदेशिक लगानी, सेयर खरिदबिक्री, कर, राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण र कागजात संकलन भइरहेको बताए।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझाव प्राप्त भएपछि उक्त राय सुझावको आधारमा नेपाल दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरित पाइए हदैसम्म कारबाही हुने जिकिर गरे।

खरिदबिक्रीका क्रममा कानुनविपरित गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको उनले बताए।

प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र करछलिको कुरा समाचारमा आएपछि चासो लागेर छानबिनमा लागेको उल्लेख गरे।

उनले छानबिन समिति कुनै पनि निकायलाई ‘ओभरल्याप’ गर्नका लागि गठन नगरिएको प्रष्ट पारे।

दूरसञ्चार प्राधिकरणका अधिकारीहरूसँगकैै सल्लामा छानबिन समिति गठन गरिएको र एक महिनाको कार्यादेश दिइएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights