media khavar
पोखरा, १७ पुस । गण्डकी युनिभर्सिटीमा ‘युनिभर्सिटीमा पढाइ नै नहुने विषयमा बाउले छोरालाई नियुक्ति गरेका थिए । ४, ५ महिना बिना जिम्मेवारी हल्लिएरै तलब खानुभयो । अहिले परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ’, विश्वविद्यालय स्रोतले आफ्नो छोरालाई विश्वविद्यालयमा ल्याउन विश्वविद्यालयमा पढाइ नै नहुने विषयमा शिक्षकको विज्ञापन खोलिएको र अहिले परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरीसमेत परेको छ । शिक्षाप्रेमी सचेत नेपाली नागरिक नामबाट ३ जनाले असोज २६ गते अख्तियारमा उजुरी दिएका थिए ।
गण्डकी विश्वविद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली २०७७ को परिच्छेद ११, नियम २८ मा परीक्षा समितिको व्यवस्था गरेको छ । उक्त समितिलाई विश्वविद्यालयअन्तर्गतका परीक्षाको सञ्चालन, व्यवस्थापन र अभिलेख व्यवस्थापन गर्ने अधिकार हुन्छ ।
कर्मचारी नियुक्त गर्ने ‘जनशक्ति व्यवस्थापन समिति’ गठन नै ऐनविपरीत रहेको विश्वविद्यालय स्रोतको दाबी गरेको छ । विश्वविद्यालयको शिक्षक तथा कर्मचारी नै नरहेका व्यक्तिलाईसमितिको सदस्य नियुक्त गरिएको उनीहरुको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया