☰ open

भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने ,अर्थमन्त्री प्रकशशरण महत

२०८० पुष १८, बुधबार १८:१६
media khavar

१८ पुस, काठमाडौँ । जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान अर्थमन्त्री प्रकशशरण महतले बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले हाल १० अर्ब रकम छुट्याएको उल्लेख गरेका हुन् । भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री, पुरानो शैलीमा नयाँ प्रविधिको घर निर्माण गर्न उनले सुझाए । सरकारले भूकम्प प्रतिरोध घर निर्माण गर्न पहल गर्ने उनले उल्लेख गरे । जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
ललितपुरमा आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले भने ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights