☰ open

उपकुलपतिका लागि दरखास्त आह्वान

२०८० पुष २०, शुक्रबार १६:०६
media khavar

२० पुस, काठमाडौं । शिक्षामन्त्री अशोककुमार राई नेतृत्वको छनोट तथा सिफारिस समितिले निकालेको सार्वजनिक सूचनामा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । विश्वविद्यालयमा राजनीतिक भागबण्डा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धताबाट उत्साहित भएकाहरुलाई निराश बनाएको छ । दरखास्त आह्वान गर्दै निकालिएको सूचनामा आवेदकले पेश गर्नुपर्ने कागजातहरु तोकिएको छ । जसको बुँदा नम्बर (ङ) मा भनिएको छ, ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि ।’

यसले उपकुलपतिको प्रतिस्पर्धा निकै साँघुरो बनाएको छ । प्रधानमन्त्रीले भने जस्तो विश्वको जुनसुकै कुनामा रहेका योग्य नागरिकले आवेदन दिने बाटो बन्द भएको छ ।

अब विश्वविद्यालयको पदाधिकारी भइसकेकाहरु मात्र प्रतिस्पर्धामा रहने भएका छन् । पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमा भन्छन्, ‘पूर्व पदाधिकारीले मात्रै दिन पाउने मापदण्ड राखिनु भनेकै राजनीतिक भागबण्डामा आधारित हुनु हो किनभने केही वर्ष यता भागबण्डामै पदाधिकारी भएका छन् र यो मापदण्डले पनि तीनैको लागि बनाइएको हो भन्ने देखिन्छ ।’

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसमा देशबासीलाई गरेको सम्बोधनमा अब विश्वविद्यालयको पदाधिकारीमा राजनीतिक भागबण्डा नगर्ने बताएका थिए ।विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिने भन्दै उनले भनेका थिए, ‘यसको सुरुवात त्रिभुवन विश्वविद्यालयबाटै गरिनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights