☰ open

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जनालाई सिफारिस ।

२०८० पुष २०, शुक्रबार १६:३१
media khavar

२० पुस, बुटवल । नेकपा एमाले लुम्बिनी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ ।

नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ ।

लुम्बिनीमा एमालेसँग २ हजार ९८० मतभार छ भने नेपाली कांग्रेससँग ३ हजार १७९ र नेकपा माओवादी केन्द्रसँग १ हजार ३४३ मतभार छ । जसपासँग २७३, राप्रपासँग २६९, नेकपा एससँग ५३ र स्वतन्त्रसँग ५३ मतभार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights