☰ open

कोशी प्रदेशमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखमा चयन भएको ।

३ वर्ष

२२ पुस, विराटनगर — तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो तर आज मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गरिन् ।
प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमरज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया