☰ open

बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ 

२०८० पुष २६, बिहीबार १८:२२
media khavar

२६ पुस, सर्लाही ।  सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बाल यौन शोषणको मुद्दामा रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनीविरुद्ध जिल्ला अदालतमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’को आरोपमा मुद्दा परेको थियो । जिल्ला प्रहरी कार्यालयले बिहीबार सर्लाही जिल्ला अदालतमा हाजिर गराएकोमा अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बहस पछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएको भन्दै अदालतले पुर्पक्षमा राख्ने दिएको हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights