२०८० पुष २८, शनिबार ११:२९
media khavar
२८ पुष, रौतहट । भोली २९ गते आईतबार रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकेको छ ।
जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका दिन उक्त मुद्दाका लागि पेसी तारेख दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया