मिडियाखबर

लोसपा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा पत्रकार सम्मेलन गर्दै नेता महतोले लाेसपालाई आफ्नो पूर्वपार्टी भनेका छन् । उनले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । उनले पार्टी परित्यागसँगै नयाँ अभियान चलाउने पनि घोषणा गरेका छन् ।
अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्वपार्टी लोसपा पनि यसमा आउनसक्ने बताए ।
लोसपामा महतो केही समयदेखि असन्तुष्ट रहँदै आएका थिए । पछिल्लो समय अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति उनको तीव्र असन्तुष्टि थियो ।
पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया