☰ open

तिनवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

२०८० फाल्गुन २८, सोमबार १९:४२
media khavar

 

२८ फागुन, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तिनवटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेशे प्रमुखलाई पदमुक्त गर्ने निर्णय सरकारले गरेको छ ।
गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।
नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights