☰ open

प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार

२०८० फाल्गुन २९, मंगलवार १०:४२
मिडियाखबर

संसद सचिवालयले हिजो सार्वजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बीचमा प्रतिस्पर्धा हुँदैछ।

माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय लिएको थियो।

सांसदहरू झक्कु सुवेदी, रेणु चन्द र अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालको नाम चर्चामा आए पनि राष्ट्रपतिको मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको थियो।

संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुने छ।

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights