☰ open

सत्ता गठबन्धनका पाँच दलबीच सात बुँदे सहमति

२०८० फाल्गुन २९, मंगलवार १२:५६
मिडियाखबर

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा पाँच दलबीच सात बुँदे सहमति भएको हो ।

सहमति पत्रमा प्रधानमन्त्री एवं नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएकाे छ ।

यसअघि गत फागुन २१ गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे सहमति भएको थियो ।गठबन्धनमा थपिएको एकीकृत समाजवादीसहित पाँच दलले आज फेरि सात बुँदे सहमति गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights