☰ open

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।

२०८० फाल्गुन ३०, बुधबार १६:५८
media khavar

३० फागुन, काठमाडौं । बुधबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखे। उनले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए।उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए।
उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए। उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights