☰ open

मर्मत सम्भारका लागि मनकामना केबलकार चैत्र ७ गते बन्द

२०८० चैत्र ५, सोमबार ११:२९
मिडियाखबर

नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार चैत्र ७ गते बन्द रहने

नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।
केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।
केबलकारको नियमित सेवा २०८० चैत्र ०८ गते बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights