☰ open

गृहमन्त्री लामिछानेको बचाउ गर्दै अध्यक्ष ओलीले भने : बदनाम गराउने र फसाउने कांग्रेसले खोजे

२०८० चैत्र ६, मंगलवार ११:५४
मिडियाखबर

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप लगाएका छन् ।

मंगलबार कैलालीको धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सहकारीको अनियमिततामा मुछिएको भनेर कांग्रेस गृहमन्त्री लामिछानेलाई बदनाम गराएर फसाउने खेलमा लागेको आरोप लगाएका हुन् ।

गृहमन्त्री लामिछानेको बचाउ गर्दै अध्यक्ष ओलीले भने, ‘सहकारीसँग कुनै सम्बन्ध नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन कांग्रेसले खोजेको छ । रवि र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजिएको छ ।’

अध्यक्ष ओलीले सहकारीसँग गृहमन्त्री लामिछानेको कुनै सम्बन्ध नभएको बताए । ‘गृहमन्त्री लामिछाने सहकारीको सञ्चालक वा सदस्य हुन् ? उनी सहकारीमा केही पनि छैनन्,’ उनले भने, ‘तर, कांग्रेसले यो विषयलाई उचालेर लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिरहेको छ । यसलाई महत्त्व दिन आवश्यक छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights