☰ open

 राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बने

२०८० चैत्र २८, बुधबार १२:०२
मिडियाखबर

विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ ।  राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो ।

काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ । त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights