२०८१ असार १५, शुक्रबार ११:४६
मिडियाखबर
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया