☰ open

दसैँमा नयाँ पैसा : बैंकको एटिएमबाटै १०० को नोट पाइने

१० घण्टा
मिडियाखबर

काठमाडौं २१ आश्विन २०८३।

राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

‘एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन, चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैैँ मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।’

प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले पनि विगत ४र५ वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गत भदौ ३१ गतेसम्म रु सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको छ । सो रकमको करिव ८ देखि १० प्रतिशतसम्मको रकम दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया