☰ open

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाए

२०८१ असार १८, सोमबार ११:२५
मिडियाखबर

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ।

नाउपा संसदीय दलको बैठकले संसदीय दलका नेता र प्रमुख सचेतक फेरबदल गरेको हो। श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरिएको छ।

यसअघि डगौरा संसदीय दलका प्रमुख सचेतक रहेका थिए। उनको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाइएको छ। उनी नाउपा अध्यक्ष श्रेष्ठका ससुरा हुन्।

नाउपा संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद भएपछि लालवीर चौधरी कतैतिर पनि खुलेका थिएनन्। पछिल्लो पटक भने उनी रेशमतिर लागेका छन्। उनी रेशमतिर लागेसँगै अध्यक्ष श्रेष्ठ संसदीय दलमा अल्पमतमा परेकी हुन्।

अध्यक्ष श्रेष्ठले मन्त्री बन्ने तयारी गरेपछि संसदीय दलको नेताबाट हटाइएको हो। उनलाई संसदीय दलको नेताबाट हटाएर डगौरालाई संसदीय दलका नेता चयन गरेको विषयमा आज संघीय संसद् सचिवालयलाई जानकारी दिइने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights