☰ open

सत्ता समीकरण फेरिने चर्चाकाबीच नेकपा एमालेका अध्यक्ष मन्त्रीहरूलाई बोलाए बालकोट

२०८१ असार १८, सोमबार १७:५९
मिडियाखबर

सत्ता समीकरण फेरिने चर्चाकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई बालकोट निवास बोलाउनुभएको छ ।
कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने चर्चा भइरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरूलाई बोलाउनुभएको हो । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ, अरू केही बताइएको छैन’ एक मन्त्रीले भन्नुभयो।
अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । लगत्तै एमालेका मन्त्रीहरू बालकोट जाने छन् ।
सरकारमा एमालेबाट ८ मन्त्री सहभागी छन् । मन्त्रिपरिषद् बैठक लगत्तै ओलीले मन्त्रीहरूलाई बालकोट बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights