☰ open

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने

२०८१ असार १९, मंगलवार ११:५४
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने विश्वासको मत लिने लिने निर्णय लिने तयारी गरेका छन् ।

उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन् ।

माओवादी पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् ।

माओवादी सचिव तथा सांसद देवेन्द्र पौडेलले भने, ” सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन। त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ । आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।”

उनले सरकारमा सहभागी दलहरूले आज नै फिर्ता लिए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘पहिला फिर्ता लिइसकेपछि त्यसको निर्णय हुन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights