☰ open

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति

२०८१ असार १९, मंगलवार १२:०५
मिडियाखबर

प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।

सोमबार राति दुई दलबीच भएको सहमतिअनुसार सुरूमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने छ।

सोमबार राति ललितपुरको एक होटलमा सहमति भएको स्रोतले बताएको छ। यससँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले बतायो।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको बताइएको छ।

एमालेले अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेललाई अघि सार्ने भएको छ। उनी पटक-पटक अर्थमन्त्री भएका व्यक्ति हुन्।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights