☰ open

रास्वपा सचिवालय बैठकले नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेबित्तिैक मन्त्री फिर्ता बोलाउने

२०८१ असार १९, मंगलवार १२:३८
मिडियाखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महत्त्वपूर्ण मन्त्रालय चलाइरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले नयाँ बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ।

आज सिंहदबारमा बसेको रास्वपा सचिवालय बैठकले नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेबित्तिैक सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो।

बैठकले अब बन्ने गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। अहिले संघीय सरकारमा सभापति लामिछानेसहित रास्वपाबाट चार मन्त्री छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights