☰ open

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरे

२०८१ असार २८, बिहीबार १६:१४
मिडियाखबर

सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार(आज) बसेको पार्टी बैठकले उक्त निर्णय गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत माग्दै हुनुहुन्छ । तर उहाँले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights