☰ open

आज प्रधानमन्त्री प्रचण्डले पाचौं पटक विश्वासको मत लिन लागेका

२ वर्ष
मिडियाखबर

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्। नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र निर्णायार्थ पेश गर्न आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रमुख दुई ठूला दल कांग्रेस र एमालेमात्रै होइन, सरकारमा रहेका साना दलले पनि प्रचण्डको विपक्षमा मत हाल्ने निर्णय गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। कांग्रेस र एमालेको मात्रै प्रतिनिधिसभामा १ सय ६७ सिट छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया