☰ open

रास्वपाका महामन्त्री डा मुकुल ढकाललाई पार्टीले  साधारण सदस्यबाट समेत नरहनेगरि निलम्बन गर्ने

२०८१ भाद्र १०, सोमबार १६:२६
मिडियाखबर

रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले  साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति बैठकले एक नेताले जानकारी दिए ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कारबाहीबारे स्पष्ट जवाफ नदिएपनि मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने बताए ।

‘बैठक अगावै निर्णय यहीँ भन्न मिल्दैन । तर‚ अनुशासन आयोगले हामीलाई आफ्नो विषय दिइसकेको छ । हामीले विधान अनुसार सबै प्रक्रिया र अवसर उहाँलाई दिएका छौँ‚’ झाले भने‚ ‘के गर्छौँ भन्ने निर्णय भोलिको केन्द्रीय समिति बैठकले गर्छ ।’

मंगलबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि  समसामयिक पार्टी गतिविधि‚ राष्ट्रिय भेलाको तयारी‚ अनुशासनात्मक कारबाही‚ स्थानीय छाया सरकार कार्यविधि र विविध विषय गरी पाँच एजेन्डा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights