☰ open

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने बताए

२०८१ भाद्र २०, बिहीबार १०:५३
मिडियाखबर

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरिने बताएका छन् । बिहीबार कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त हत्या प्रकरणलाई आफूले गम्भीरताका साथ लिएको बताएका छन् ।

“यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ,” उनले भने ।

०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । हालसम्म हत्यारा पत्ता लागेको छैन ।

गृहमन्त्री लेखकले कञ्चनपुरको दोधाराचाँदनीलाई देशको सबैभन्दा ठूलो नाकाका रूपमा विकास गरिने पनि बताए । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ,” उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights