मिडियाखबर
भदौ २२ काठमाडौ/मानिस सामाजिक प्राणी हो जन्मेदेखि मृत्युसम्म मानिस लाई गाँस वास कपास त चहिनै हाल्छ । त्यसपछी उ जव हुर्कीदै जान्छ उस्लाई थप अतिरिक्त लक्जरीय मनोरञ्जन हरु (Essential Item) को तिव्र चाहानाहरु बढ्दै जान्छ जस्तै एउटा चाहाना हो नाच ‘ त्यसमा पनि हरेक मानिसहरु आ-आफनो ढंगबाट नाचिन्छ । मानिसहरू नाचेको तपाँइ हमी सबैले देखेकै छौँ बिगत १३ बर्ष यता जुगल गाउँपालिका भित्र अनवरत रुपमा थाक्दै नथाकी र लाजै नमानी भन्डारे सल्ला धारि सामुदायिक वन भित्र बन उपभोक्ता समितीका पदाधिकारीहरु निरबस्र नाङ्गो नाच नाचिरहेका छन । मिती २०६९/ माघ महिना देखि हाल सम्म मुनलाइट हाइड्रो पावरको पैसाले होकी क्याहो ?मान मर्यादा, संस्कार बैधानिक परम्परा, बनकार्य विधान बन ऐन सम्बन्धितको आदेश, परमादेश, सल्लाहा सुझाव कतै नहेरी आँखा चिम्लेर छाती खोलेर नाँङ्गो नाच नाचि हरेका छन । उनिहरुले आफ्नो कार्य क्षेत्र भित्र गर्नु पर्ने अनन्गिती बन बिकास सम्बन्धि कार्यहरु थुप्रै छन ।
उक्त कामहरु नगरी उल्टै कानुन विपरीत कार्यहरू गर्दै आइरहेको भोलीका कर्णधारहरुलाई यस्तै कार्य संस्कार दिने अभ्यास गर्न जिल्ला बन अधिकृत हरी कृष्ण चौधरीले समितालाई (paid coaching) सिक्षण दिइ रहेका छन् । बर्तमान को नतिजा ले यही देखाँउछ । बन विकास को कार्यविधी साधारण सभा बाट अनुमोद गरी बृक्षा रोपन ‘ झाडी सुधार ‘भुक्षय न्युनिकरण बन Dimbarcation ‘ अगज नि नियन्त्रण ‘ बैज्ञानिक बनब्यावस्थापन गर्नु त परैजावस बैंक खातामा भएको सार्वजनिक सम्पती झिकेर तास खेल्नेलाई ऋण दिई उपलब्ध गराउने जस्ता गैरजिम्मेवार तरिका बाट रकम अपचलन तथा दुरुपयोग गरेका छन । उक्त रकम को आए ब्याय १३ बर्ष सम्म हर हिसाव नत बैंक बित्तिय स्टेटमेन्ट छ । उक्त रकम किर्ते निर्णय गरी झिकेको हुनु पर्छ या DFO को मिलेमतोमा छ किनकी बैंक खाता मा जम्मा गरेको रकम मनासिव र ऐन मा बाझिने गरी झिक्न मिल्दैन उनिहरुले सहकारी दर्ता गरेका पनि छैनन फेरी कसरी ब्याजमा लगाउँन रकम झिक्न सफल भए त्यो पनि बैंक स्टेटमेन्ट र निर्णय हेर्न उपभोता आँतुर रहेका छन् र उत्त रकम पनि केही कति ऋण वितरण गरी केही रकम खल्तीमा राखी सामिती आफै खर्च गरी रहेको छन । उपभोक्ताहरुको साधारण सभा बाट सामाजिक परिक्षण नै बैज्ञानिक एथार्थ सत्य हुने मानि उपभोक्ताहरुले साधारण सभा माग गर्दा तँ रोएको जस्तो गर म हिर्काको जस्तो गर्छु भनि Just Formality मात्र हुने गरी पत्रचार गरिन्छ बोल्छन जिल्ला बन अधिकृत हरि कृष्ण चौधरी । सायद मुनलाइट हाइड्रो पावर को मुठाले होला काले काले मिलेर खाउँ भाले गरेका पनि हुन सक्छ ।
स्थानीयबासिले आडिट नगर ‘पेनमा दर्ता नगर चैँ पटक्कैकै भनेको हैन पहिला देखी को धेरै बर्षको छ हरहिसाव सामाजिक परिक्षण गरेर मात्र अडिट गर्ने भनेका छन तर उत्त कुरा समितिले नमाने पछी उपभोत्ताहरुको तालुक अड्डा भनिने बन अधिकृत लाई निवेदन गऱ्यौँ तर पनि जिल्ला बन अधिकृतले मुखमा पैसा राखेको जस्तो गरी पहिला अडीटर लाई अडिट गराएर मात्र प्यान नम्बर दिन्छ कानुनमा यही कुरा उर्लेख भएको छ । हामी जिल्ला बन राजा भनिने DFO लाई प्रस्न गर्न चाहान्छौ । के उपभोता बाट दफावार छलफल गरी साधारण सभा वाट सर्वसम्मत अनुमोदन गरेर आएको सामाजिक परिक्षण को प्रतिवेदन लाई प्यानमा दर्ता गर्न जिल्ला बन कार्यालय ले फर्काउने ऐन छ हो ? छैन भने साधारण सभा बस्न माग गर्दा किन डिभिजन जिल्ला बनलाई टाउको दुखेको ? बन समिती ले बनाएको कार्य विधानमा आवश्यक परे बर्षको २ पटक र बर्षमा एक पटक अनिवार्य साधारण सभा बनुपर्ने उल्लेख छ ।
समिती ऐन विपरीत हिँडदा पनि कार्वाही गर्न नसक्ने बनकर्मचारी लाई जन्ताको रगत पसिनाले तिरेको कर बाट मोज मस्ती गर्न मात्र राखेको हो ? त्यसैले यि सामुदायिक सम्पती दुरुपयोग गर्ने हाडड्रो पावर ‘भित्री देखी बाहिरी सम्म दुस्पयोग गर्ने ‘समिती ‘दुरुरपयोग गरेको देखेर पनि रिपोट पर्दा पनि नदेखेको जस्तो गर्ने ‘ जिल्ला डिभिजन बन ‘म गरेको जस्तो गर्छु तँ यसो सुनेको नसुने झैं गर भनेर सिकाउने छदम भेषको बन अधिकृत ‘ यिनिहरु त्रिमुर्ती एकै डयाँङ्गका मुनलाइट हाइड्रो पावर ले फोहोर मा रोपेको ढीक्की भन्दा ठुला मुला हुन । यिनिहरुले ऐन २०५६ बिपरित र कार्यविधा विपरित अनुचित कार्य गरेकाले बन ऐन विपरित कार्य गर्ने लाईहुने सजाय अनुसार कार्वाही हुन जरूरी देखिन्छ साथै कार्य समिती हरुलाई निलम्बन गरी मार्ग प्रसस्त गराई यि त्रिचन्द्र हरुले गरेका बिनास र आर्थिक अपचल ऐन अनुसार कार्वाही गर्नु अति आवश्यक हुन्छ । नत्र यो बनपैदावार ‘ विहीन र निकट भविष्यमा नक्सामा मात्र दे ख्न पाइन्छ ।
बन अधिकृत को गैर https://www.facebook.com/ColorNote?mibextid=ZbWKwL जिमेवार बोली को Voice record र समिती को आडले उन्माद भै स्विकृती बिना गरेका बनविनास को भिडियो : – लेखक मा सुरक्षित छ आवश्यक भए रेकड पाउनु हुने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया