☰ open

भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी

२०८१ आश्विन १, मंगलवार १५:०३
मिडियाखबर

भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।

आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन् ।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराहन्न राजीनामा दिने बताइएको छ ।

नेपाली समयअनुसार आज साँझ ५ बजे मुख्यमन्त्री केजरीवालले उपराज्यपालसमक्ष राजीनामा दिनेछन् । त्यसपछि नयाँ सरकार गठनका लागि आतिशीले दाबेदारी प्रस्तुत गर्नेछिन् ।

४३ बर्षीया आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights