☰ open

काठमाडौंका दुई फरक ठाउँमा दुई व्यक्ति मृत फेला परे

२०८१ कार्तिक २१, बुधबार १३:४८
मिडियाखबर

काठमाडौंका दुई फरक ठाउँमा दुई व्यक्ति मृत फेला परेका छन्।

टोखा नगरपालिका—५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका—२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन्। बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन्। दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights