☰ open

राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले पार्टीका समर्थकहरूलाई  सम्बोधन गरे

२०८१ कार्तिक २१, बुधबार १३:५३
मिडियाखबर

अमेरिकी राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका समर्थकहरूलाई  सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आफ्नो परिवारका सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

उनले चुनावमा आफ्ना लागि काम गर्नेहरूको मिहिनेत सम्झिँदै उनीहरूसँग पनि आभार व्यक्त गरेका छन् । यसैबीच उनले खर्बपति साथी इलोन मस्कको पनि नाम लिँदै खुसी व्यक्त गरेका छन् ।

ट्रम्पले सम्बोधनका क्रममा इलोन मस्कलाई आफूले माया गर्ने बताए । उनको समर्थनका लागि ट्रम्पले आभार व्यक्त गरे । ट्रम्पले मस्कको सञ्चार व्यवस्था स्टारलिङ्कलाई पनि सम्झिएका छन् ।

उनले त्यसक्रममा नर्थ क्रोयालाइनामा बाढी प्रभावितलाई मद्दतसँग जोडिएको कथा पनि त्यसक्रममा सुनाए । ट्रम्पले मस्कका कारण नै नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीलाई जीत मिलेको दाबी गरे ।

ट्रम्पले समर्थकलाई सम्बोधनका क्रममा यस्तो जोश र उत्सव आफूले कहिल्यै नदेखेको पनि बताएका छन् । ट्रम्पले यस समयलाई शानदार भनेका छन् ।

‘मेरो जीत हरेक अमेरिकीको जीत हो। हामी अमेरिकालाई फेरि महान बनाउँछौँ । सबै स्विङ स्टेट पनि हाम्रो साथमा छन् । अब मेरो हर समय अमेरिकाका लागि हुनेछ । हामी मिलेर अमेरिकाको भविष्यका लागि काम गर्ने छौँ । यो जीत ऐतिहासिक र अविश्वसनीय रह्यो। अमेरिकाले मलाई अभूतपूर्व जनादेश दियो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights